भदौ १२ । फुलहमका स्ट्राइकर एलेक्सान्डर मिट्रोभिचले सम्झौता नवीकरण गरेका छन्। च्याम्पियनसिप क्लब फुलहमले स्ट्राइकर मिट्रोभिचले सम्झौता नवीकरण गरेको जनाएको छ।
फुलहममा थप पाँच वर्ष बस्ने गरि मिट्रोभिचले सम्झौता नवीकरण गरेका छन्। उनी २०२६ सम्म फुलहममा रहने छन्। २६ वर्षीय सर्बियन मिट्रोभिच २०१८ मा फुलहम आएका थिए।
मिट्रोभिचले फुलहमका लागि १ सय बढी खेल खेलेका छन्। यस्तै उनले क्लबका लागि ५६ गोल गरिसकेका छन्। सर्बियाका लागि उनले ६४ खेलमा ४१ गोल गरेका छन्।
Facebook Comments


























