भदौ १२ । प्रिमियर लिग क्लब वाट्फोर्डले मिडफिल्डर मौसा सिसोकोलाई अनुबन्ध गरेको छ। वाट्फोर्डले फ्रेन्च मिडफिल्डर मौसालाई प्रिमियर लिग प्रतिद्वन्दी टोटेनहमबाट अनुबन्ध गरेको हो।
३२ वर्षीय मिडफिल्डरले वाट्फोर्डसँग दुई वर्षको सम्झौता गरेका छन्। मौसा टोटेनहममा पाँच वर्ष बिताएर वाट्फोर्ड आएका हुन्। न्युकासलबाट मौसा २०१६ मा टोटेनहम आएका थिए।
मौसाले टोटेनहमका लागि २ सय २ खेल खेलेका छन्। मौसाले फ्रान्सको लागि ७१ खेल खेलेका छन्।
Facebook Comments


























