भदौ ९ । इंग्लिस प्रिमियर लिग क्लबले कोभिड-१९ को ‘रेड जोन’ मा रहेका राष्ट्रका खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगिताका लागि रिलिज नगर्ने भएको छ।
प्रिमियर लिग क्लबले मंगलबार बेलायत सरकारले ‘रेड जोन’ मा राखेको राष्ट्रका खेलाडी रिलिज नगर्ने निर्णय गरेको हो।
कोभिडको महामारीलाई मध्येनजर गर्दै आगामी महिना खेलिने अन्तराष्ट्रिय प्रतियोगिताका लागि ‘रेड जोन’ का खेलाडी रिलिज नगर्ने प्रिमियर लिग क्लबले जनाएको छ।
बेलायत सरकारले २६ राष्ट्रलाई ‘रेड जोन’ मा राखेको छ। र, १९ प्रिमियर लिग क्लबका करिब ६० खेलाडी ‘रेड जोन’ राष्ट्रका रहेका छन्। लिभरपुलले यस अघि नै इजिप्ट र ब्राजिलका खेलाडी रिलिज नगर्ने निर्णय गरिसकेको छ। दुबै राष्ट्र ‘रेड जोन’ मा छन्।
Facebook Comments


























