काठमाडौं, भदौ ६ । हिमालयन बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघसँग व्यावसायिक सम्झौता गरेको छ। सम्झौता पछि बैंकले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका सदस्यहरुलाई एसएमइ अन्तर्गत १२ करोडसम्मको विशेष कर्जा प्याकेज दिने भएको छ।
बैंकले न्युनतम ब्याज दर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने भएको छ। बैंकका अनुसार यो सम्झौता २०७८ साल भाद्र ४ गते शुक्रबार देखि लागु भएको छ।
उक्त सेवा सो महासंघका सदस्यहरुले बैंकको काठमाण्डौ उपत्यका भित्र र बाहिर रहेका सम्पुर्ण शाखा कार्यालयहरुबाट सहज रुपमा प्राप्त गर्न सक्ने जनाइएको छ। हाल बैंकले ७१ शाखाहरु, १४६ एटिएम र ५००० भन्दा बढी पिओएस मसिनहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
Facebook Comments


























