भदौ ६ । गायक एसडी योगी र गायिका मेलिना मैनालीको ‘सम्झेर एक्लै’ बोलको गीत सार्वजनिक भएको छ। गीत राम अविरल बिष्टले लेखेका हुन्। गीतमा संगीत भने गायक योगीले नै भरेका छन्। गीतमा संगीत संयोजन रिकेश गुरुङको रहेको छ।
उत्त गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। रिजन थापाले निर्देशन गरेको म्युजिक भिडियोमा आभाष उप्रेतीले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्।
नवराज उप्रेतीले छायांकन गरेको भिडियो सम्पादन भुपेन्द्र अधिकारीले गरेका हुन्। म्युजिक भिडियोमा सलोन बस्नेत र वर्षा राउतले अभिनय गरेका छन्।
Facebook Comments


























