भदौ ४ । जापानमा आयोजना हुने टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोली आज (शुक्रबार) जापान प्रस्थान गर्ने भएका छन्। पारालिम्पिकमा सहभागिता जनाउन १ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली जापान जाने छन्। नेपाली टोली साँझ जापान प्रस्थान गर्ने तालिका रहेको छ।
मंगलबारबाट सुरु हुने पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दैछिन्। पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन्।
पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, सरोज श्रेष्ठ सेफ दि मिसन, डा.दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदै छन्।
Facebook Comments


























