भदौ ३ । आईसीसी महिला विश्वकप क्रिकेटको छनौट जिम्बावेमा आयोजना हुने भएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार विश्वकप छनौट जिम्बावेमा गर्ने निर्णय गरिएको जनाएको छ।
छनौट खेल नोभेम्बर २१ देखि डिसेम्बर ५ सम्म आयोजना हुनेछ। खेल तालिका पछि सार्वजनिक गरिने बताईएको छ। छनौटमा १० टिमले प्रतिस्पर्धा गर्ने छन्। छनौटबाट ३ टिमले विश्वकपमा स्थान बनाउने छन्।
पाँच राष्ट्र अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रीका र न्युजिल्याण्डले यस अघि नै विश्वकपमा स्थान बनाईसकेका छन्। न्युजिल्याण्डमा आयोजना हुने महिला विश्वकप २०२२ को मार्च ४ देखि अप्रिल ३ सम्म आयोजना हुनेछ।
Facebook Comments


























