भदौ ३ । भारतीय फुटबल टिममा डिफेन्डर सन्देश झिंगान क्रोएसियाको शीर्ष डिभिजन लिग क्लब एचएनके सेबिनिकमा अनुबन्धित भएका छन्।
सेबिनिकले इन्डियन सुपर लिग क्लब एटिके मोहन बगान एफसीबाट सन्देशलाई अनुबन्ध गरेको जनाएको छ। सेबिनिकले हालसम्म शीर्ष लिगको उपाधि भने जितेको छैन।
२८ वर्षीय सेन्टर ब्याक सन्देश क्रोएसियाको शीर्ष लिग खेल्ने पहिलो भारतीय फुटबल खेलाडी समेत बनेका छन्। सन्देशले भारतका लागि ४२ खेल खेलेका छन्। सन्देश २०२०/२१ को वर्ष फुटबलर अफ दि इयर अवार्ड विजेता खेलाडी हुन्।
Facebook Comments


























