साउन ३२ । बेलायत सरकारले सन् २०२४ मा फ्रान्समा आयोजना हुने ओलम्पिक खेलकुदका लागि २ सय ३२ मिलियन पाउण्ड लगानी गर्ने भएको छ। बेलायत सरकारले पेरिस ओलम्पिक र पाराओलम्पिकमा उत्कृष्ट नतिजा निकाल्न २ सय ३२ मिलियन पाउण्ड खेलाडीमा खर्च गरिने जनाएको छ।
टोकियो ओलम्पिकमा उत्कृष्ट नतिजा आएको भन्दै बेलायत सरकारले ग्रेट ब्रिटेन र नर्दन आयरल्याण्डका खेलाडीका लागि लगानीमा वृद्धि गर्ने निर्णय गरेको हो। टोकियो ओलम्पिकमा ग्रेट ब्रिटेनले २२ स्वर्णसहित ६५ पदक जितेको थियो। र, तालिकाको चौंथो स्थान हासिल गरेको थियो।
बेलायत सरकारले ओलम्पिक तयारीका लागि अब वार्षिक ७७.४ मिलियन पाउण्ड खर्च गरिने जनाएको छ। बेलायतले २३.४ मिलियन पाउण्ड खर्च बढाएको हो। यस अघि ओलम्पिक तयारीका लागि बेलायतले वार्षिक ५४ मिलियन पाउण्ड खर्च गर्दै आइरहेको थियो। एजेन्सी
Facebook Comments


























