साउन २९ । नयाँ सिजन २०२१–२२ को इङ्लिस प्रिमियर लिग आजदेखि प्रारम्भ हुँदैछ। पहिलो दिन आज एक मात्र खेल हुनेछ। शनिबार भने सात खेल हुनेछन्।
आज राति पौने १ बजे आर्सनल र बेन्टफोर्डले खेलेपछि नयाँ सिजनको प्रिमियर लिग प्रारम्भ हुनेछ। लिगको पहिलो खेल बेन्टफार्डको मैदानमा हुनेछ। यस खेलमा दुबै टोली सुखद् सुरुवात गर्ने दाउमा हुनेछन्। आर्सनल अघिल्लो सिजन आठौं स्थानमा सीमित बनेको थियो। उसले ३८ मध्ये १८ खेलमा जीत निकालेको थियो। प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितेको थियो।
यता, बेन्टफोर्ड भने नवप्रवेशी क्लब हो। उसले आफ्नो मैदानमा आर्सनललाई हराउँदै सुखद सुरुवात गर्ने योजना बनाएको छ। एजेन्सी
Facebook Comments


























