साउन २५ । म्यानचेस्टर युनाईटेडका डिफेन्डर एक्सेल टुवानजीबी एस्टन भिल्लामा अनुबन्धित भएका छन्। एस्टनले डिफेन्डर एक्सेललाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो।
युनाईटेडसँग २०२३ सम्मको सम्झौता गरेका एक्सेल लोनमा एस्टन लागेका हुन्। २३ वर्षीय डिफेन्डर २०१८/१९ को सिजन पनि एस्टनबाट खेलेका थिए। एस्टन प्रिमियर लिगमा बढुवा हुँदा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
युनाईटेडको एकेडेमीमा हुर्किएका एक्सेल सन् २०१५ बाट सिनियर टिममा रहदै आएका छन्। युनाईटेडका लागि उनले ३७ खेल खेलेका छन्। इंग्ल्यान्डका यू-२१ टोलीबाट खेलिसकेका उनले प्रिमियर लिगमा युनाईटेडका लागि १९ खेल खेलेका छन्।
Facebook Comments


























