साउन २५ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























