काठमाडौं, साउन २४ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ५० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ५३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























