नयाँ दिल्ली, साउन २४ । भारतले कोभिड-१९ विरुद्धको कोभाक्सिन खोप उत्पादन व्यापक वृद्धि गर्ने भएको छ।
कोरोनाविरूद्धको भारतले आफैँ उत्पादन थालेको कोभाक्सिनको उत्पादन यही अगष्ट महिनादेखि तीव्र वृद्धि गर्ने भएको हो। यो खोप अब प्रतिमहिना छ देखि सात करोड डोज सम्म उत्पादन गर्ने तयारी भएको छ। गत अप्रिल महिनामा एक करोड डोज कोभाक्सिन खोप उत्पादन भइसकेको छ।
कोभाक्सिन उत्पादनकर्ता भारत बायोटेकले सेप्टेम्बर महिनादेखि प्रति महिना दश करोड डोज उत्पादन गर्ने जनाएको छ। ‘आत्मनिर्भर भारत कोभिड सुरक्षा’ अभियान अन्तर्गत कोभाक्सिन खोपको उत्पादन व्यापक बनाउन लागिएको हो। इण्डिया टुडे
Facebook Comments


























