साउन २४ । जापानमा जारी टोकियो ओलम्पिकमा पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ। ब्राजिलको यू-२३ टिमले शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै स्वर्ण पदक जितेको हो।
ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एकएक गोल गरे। स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए। योसँगै ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक फुटबलमा स्वर्ण जितेको हो। यसअघि ब्राजिलले घरेलु भूमिमा २०१६ मा भएको रियो ओलम्पिकमा पनि स्वर्ण जितेको थियो।
Facebook Comments


























