साउन २४ । टोटेनहमका फरवार्ड ह्यारी केन टिमको प्रशिक्षणमा फर्किएका छन्। २८ वर्षीय फरवार्ड केन शनिबारबाट टिमको प्रशिक्षणमा फर्किएका हुन्।
केन पाँच दिन ढिला टिमको प्रशिक्षणमा फर्किएका हुन्। यस अघि उनी सोमबारबाट प्रशिक्षणमा फर्किने तालिका रहेको थियो। पछिल्लो समय केनले टोटेनहम छाड्ने चर्चा चलिरहेको छ। इंग्ल्यान्डका कप्तान केन म्यानचेस्टर सिटीसँग जोडिएका छन्। एजेन्सी
Facebook Comments


























