साउन २३ । इंग्लिस क्लब एस्टन भिल्ला र स्पेनिस क्लब सेभियाबीचको मैत्रीपूर्ण खेल रद्द भएको छ। कोरोना भाईरसको कारण प्रिमियर लिग क्लब र ला लिगा क्लबबीचको मैत्रीपूर्ण रद्द भएको हो।
भिल्ला पार्कमा हुने दुई टोलीबीचको मैत्रीपूर्ण शनिबार हुने तय भएको थियो। तर, सेभियाले कोभिड-१९ को कारण देखाउदै इंग्ल्यान्डको भ्रमण नगर्ने जनाएको छ।
यस्तै सेभियाले ला लिगाको नयाँ सिजन सुरुवात नभएसम्म कुनैपनि मैत्रीपूर्ण खेल नखेल्ने जनाएको छ। एस्टनले सेभियासँगको खेललाई प्रि-सिजनको अन्तिम मैत्रीपूर्ण खेलको रुपमा लिएको थियो। एस्टनले अगस्ट १४ मा वाट्फोर्डसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ। एजेन्सी
Facebook Comments


























