मुम्बई, साउन २१ । फिल्ममा आफ्नो दमदार अभिनयका अलावा अभिनेता मनोज बाजपेयीले डिजिटल दुनियाँमा पनि दर्शकको मन जितेका छन्। वेब सिरिज ‘द फेमिली मेन’ को लगातार सफलताले उनको करियरमा एउटा नयाँ इँटा थपेको छ।
यो सिरिजको सफलताका कारण अभिनेताले आफ्नो पारिश्रमिक पनि बढाएका छन्। उनले ‘द फेमिली मेन सिजन २’का लागि निर्माताबाट निकै महंगो पारिश्रमिक बुझेका छन्। उनले आफूले पैसा नमागेर नै निर्माताले बढी रकम दिएको दाबी गरेका छन्।
‘मैले यो उद्योगमा करिब २६ वर्ष बिताएको छु। सानोतिनो पहिचान त मैले २२–२३ वर्षमा नै पाएको छु। अहिले मलाई निर्माताहरुले आफूले पारिश्रमिक नमागी नै बढी पैसा दिने गरेका छन्। यो सुविधा मलाई कैयौं वर्षदेखि मिलिरहेको छ। त्यसकारण यो मेरो लागि नयाँ विषय होइन। मैले अहिले मेरो पारिश्रमिक माग्नै पर्दैन्। उहाँहरु आफैं बढाएर दिइरहनुभएको छ’, उनले भनेका छन्।
‘द फेमिली मेन’ सिरिजट सुपरहिट भएपछि मनोजले फिमेल को–स्टार र निर्देशक भन्दा बढी पारिश्रमिक बुझेका छन्। मनोज अहिले सिरिजको तेस्रो संस्करणको तयारीमा जुटेका छन्। बलिउड हंगामा


























