साउन १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२५ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६१३ जनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८४६ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























