साउन १७ । तालिबान लडाकू र अफगान सरकारी सेनाबीच अफगानिस्तानका प्रमुख तीन शहर कब्जामा लिन भिडन्त जारी छ।
दक्षिण तथा पश्चिमी क्षेत्रका प्रमुख तीन शहरहरु हेरात, लश्कर गाह र कान्दाहर शहरमा भिडन्त भइरहेको बीबीसीले जनाएको छ। ती शहरलाई सरकारी सेनाको नियन्त्रणबाट आफ्नो कब्जामा लिन तालिबानले आक्रमण तीब्र पारेको समाचारमा जनाइएको छ।
अमेरिकीसहितका अधिकांश विदेशी सैनिकहरु सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता हुने घोषणासँगै तालिबानले ग्रामीण क्षेत्रहरुमा आफ्नो पकड तीव्र पारेको छ भने शहरी क्षेत्रमा पनि आक्रमण गरिरहेको छ। तालिबानले अफगानिस्तानको आधा क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ। एजेन्सी
Facebook Comments


























