साउन १५ । दक्षिण अफ्रीका क्रिकेट टिमले श्रीलंकाको भ्रमण गर्ने भएको छ। दक्षिण अफ्रीकाले एकदिवसीय र टी-ट्वान्टी सिरिजका लागि श्रीलंकाको भ्रमण गर्ने भएको हो।
क्रिकेट दक्षिण अफ्रीकाले शुक्रबार टोलीले श्रीलंका भ्रमण गर्ने पुष्टि गरेको छ। कोलम्बोमा दक्षिण अफ्रीकाले घरेलु टिमसँग समान ३ खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ।
दक्षिण अफ्रीका क्रिकेटले भ्रमण सेप्टेम्बर २ देखि १४ सम्म हुने जनाएको छ। पहिलो एकदिवसीय सेप्टेम्बर २ मा हुनेछ। दोस्रो एकदिवसीय सेप्टेम्बर ४ र तेस्रो एकदिवसीय सेप्टेम्बर ७ मा हुनेछ।
यस्तै १० सेप्टेम्बरमा पहिलो टी-ट्वान्टी हुनेछ। दोस्रो खेल सेप्टेम्बर १२ र तेस्रो खेल सेप्टेम्बर १४ मा हुनेछ। दक्षिण अफ्रीकाले २०१८ पछि पहिलो पटक सिमित ओभरको सिरिजका लागि श्रीलंकाको भ्रमण गर्न लागेको हो। एजेन्सी
Facebook Comments


























