साउन १५ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यसैगरी अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ७९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ५० पैसा र बिक्रीदर १६६ रुपैयाँ ३४ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























