काठमाडौं, साउन १५ । देशभर कोरोना भाइरस संक्रमण पुनः बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्ने भएको छ। आज शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने भएको हो।
कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने बुझिएको छ। हिजो विहीबार मात्र ३३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन्। सरकारले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ। नेपालमा असोज वा कात्तिक महिनातिर तेस्रो लहर आउनसक्ने बताइएको छ।
Facebook Comments


























