साउन १५ । टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी सरस्वती चौधरीले सामान्य प्रदर्शन गरेकी छन्।
महिला १ सय मिटर दौडमा सरस्वतीले सामान्य प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएकी हुन्। उनले निर्धारित दूरी १२।९१ सेकेन्डमा पूरा गरिन् । आफ्नो हिटमा रहेका ९ मध्ये उनी आठौं स्थानमा रहिन्। यससँगै नेपालको टोकियो ओलम्पिकमा चुनौती सकिएको छ।
नेपालबाट टोकियो ओलम्पिकमा सहभागिता जनाएका ५ खेलाडीमध्ये तीन जनाले राष्ट्रिय कीर्तिमान कायम गर्न सके। पौडीमा एलेक्स शाह र गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइल तथा सुटिङकी कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान बनाए पनि जुडोकी सोनिया भट्ट र सरस्वती भने पहिलो चरणबाटै बाहिरिएका हुन्।
Facebook Comments

























