साउन १३ । दक्षिण कोरियामा कोरोना भाइरस कोभिड–१९ को चौथो लहर आएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। चौथो लहरसँगै दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ।
तहरुको संख्या बढेर हरेक दिन नयाँ रेकर्डमा पुगेको देखिएको छ। गएको २४ घन्टामा त्यहाँ अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन्।अधिकारीहरुका अनुसार मंगलबार त्यहाँ १ हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमितहरु पाइएको बताएका समाचारमा जनाइएको छ।
यो संख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार पछिल्लो विवरणसँगै सङ्क्रमितको संख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ। एजेन्सी
Facebook Comments


























