साउन १३ । जर्मन क्लब बोरुसिया डर्टमण्डले युवा फरवार्ड डोनीएल मालेनलाई अनुबन्धित गरेको छ। डर्टमण्डले मंगलबार नेदरल्यान्ड्सका फरवार्डलाई अनुबन्धित गरिएको जनाएको छ।
डच क्लब पीएसभीबाट डर्टमण्डले मालेनलाई अनुबन्धित गरेको हो। २२ वर्षीय फरवार्ड मालेनले डर्टमण्डसँग पाँच वर्षको सम्झौता गरेका छन्। मालेन २०२६ सम्म डर्टमण्डमा रहने छन्।
मालेनले पीएसभीका लागि १ सय १६ खेलमा ५५ गोल गरेका छन्। जसमा २४ असिस्ट रहेको छ। नेदरल्यान्ड्सका लागि उनले १३ खेलमा २ गोल गरेका छन्। एजेन्सी
Facebook Comments


























