काठमाडौं, साउन ११ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत ‘माया गर्ने मान्छे’को भिडियो सार्वजनिक भएको छ। गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल (सन्देश) को शब्द रचना रहेको छ।
ब्लुबेरी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ। दीपेश सापकोटाको निर्देशन रहेको भिडियोमा विशाल (माइलो) को छायांकन तथा उज्जवल ढकालको सम्पादन छ।
भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन्। भिडियो ट्री इन्टरटेन्टमेन्टको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ। ट्री इन्टरटेन्टमेन्ट यस अघि थुप्रै म्युजिक भिडियो तथा फिल्म ‘बाग्मती’ र ‘एउटा यस्तो प्रेम कहानी’को निर्माण गरिसकेको छ।
https://www.youtube.com/watch?v=Jb7eQtON9bw
Facebook Comments


























