साउन ९ । घरेलु टोली वेस्ट इन्डिज र अष्ट्रेलियाबीचको दोस्रो एकदिवसीय क्रिकेट आज (शनिबार) राति हुने भएको छ। वेस्ट इन्डिज क्रिकेटले दोस्रो एकदिवसीय शनिबार हुने जनाएको छ।
यस अघि दुई टिमबीच दोस्रो एकदिवसीय बिहीबार तय थियो। तर, वेस्ट इन्डिज टिमको स्टाफमा कोरोना देखिएपछि टस भईसकेको खेल स्थगित गरिएको थियो। वेस्ट इन्डिज क्रिकेटले सिरिजमा आबद्द खेलाडी, स्टाफ र लाईभ ब्रोडकाष्टिङका १ सय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको समेत जनाएको छ।
तीन खेलको सिरिजमा अष्ट्रेलिया १-० ले अघि रहेको छ। पहिलो खेलमा अष्ट्रेलियाले घरेलु टोलीलाई डीएल पद्दतिको आधारमा १ सय ३३ रनले पराजित गरेको थियो। यस्तै वेस्ट इन्डिजले तेस्रो खेल सोमबार हुने जनाएको छ। एजेन्सी
Facebook Comments


























