काठमाडौं, साउन ८ । चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुगेको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शुक्रबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए।
निगमकै वाइडबडी जहाजले बिहीबार १० लाख डोज खोप ल्याएको थियो। थप ८ लाख डोज खोप ल्याउन निगमको जहाज भोलि पुनः बेइजिङ जाने कार्यक्रम छ। खोप लिएर जहाज आइतबार दिउँसो फर्कनेछ।
Facebook Comments


























