चितवन, साउन ८ । भरतपुरको सिमलडाँडामा भएको एक सैनिकको हत्यामा संलग्न रहेको अभियोगमा उनकै साथी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले हत्या आरोपमा भरतपुर महानगरपालिका-२० का गंगाधर ढकाललाई पक्राउ गरेको आज (शुक्रवार) पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
हिजो (बिहीबार) भरतपुर -१७ मा नेपाली सेनाका हवल्दार भरत गुरुङको शव भेटिएको थियो। फरेन्सिक जाँचमा उनको बायाँ कन्चटमा गोलि हानिएको देखिएको थियो। जग्गा कारोबारमा आठ लाख रुपैयाँको लागि हत्या गरेको प्रहरी समक्ष बयान दिएकाे चितवनका एसपी ओम अधिकारीले जानकारी दिए।

Facebook Comments


























