साउन ८ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।
त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ १४ पैसा र बिक्रीदर १४० रुपैयाँ ८४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments

























