साउन ७ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ९५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ११ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























