चितवन, साउन ७ । भरतपुरमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं १७ शारदानगरमा पुरुषको शव फेला परेको हो। कालोपत्रे सडक नजिकैको सिमलडाँडा घोलमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य थापाले जानाकारी दिए। उनकाे गाेली हानेर हत्या गरिएको हुन्सक्ने जनाईएकाे छ। घटनास्थल नजिकै गाेलीकाे खाेकासमेत भेटिएको छ।
जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली अहिले घटनास्थल पुगेको छ।


Facebook Comments


























