साउन ६ । ब्राजिलले टोकियो ओलम्पिकको महिला फुटबलमा चीनविरुद्ध फराकिलो जित निकालेको छ। मियाङ्गी स्टेडियममा बुधबार भएको खेलमा ब्राजिलले चीनलाई ५–० को गोल अन्तरमा पराजित गरेको हो।
पहिलो खेलमै ब्राजिल ३ अंक बटुल्न सफल भएको छ। बेलायतले बुधबार नै भएको महिला फुटबलको उद्घाटन खेलमा चिलीलाई २–० गोल अन्तरमा स्तब्ध पारेको थियो।
पहिलो हाफमा २ गोल गरेको ब्राजिलले दोस्रो हाफमा ३ गोल थपेको थियो। उसको जितमा मार्ता डी सिल्भाले २ गोल गरिन्। थप गोल डेभिन्ना मिरी, एन्ड्रेसा एल्भेस र बिआट्रिज जानेरात्तोको नाममा रह्यो। आफ्नो दास्रो खेलमा ब्राजिलले नेदरल्याण्डस्सँग र चीनले जाम्बियासँग जुलाई २४ मा खेल्नेछ।
Facebook Comments


























