साउन ६ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
तेजावी सुन भने प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज तोलामा २० रूपैयाँले घटेर १ हजार २६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























