काठमाडौं, साउन ६ । कोभिड-१९ विरुद्ध चीनले उपलब्ध गराएको खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज राति चीन जाँदैछ।
आज साँझ बेइजिङ प्रस्थान गर्ने जहाजले भोलि बिहान ६ बजे १० लाख डोज खोप लिएर आउने कार्यतालिका रहेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए।
निगमको जहाजले तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याउने छ। शनिबारसम्म चीनबाट खोप ल्याउने क्रम चल्ने उनले जानकारी दिए।
Facebook Comments


























