साउन ६ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ १० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























