चितवन, साउन ३ । कोभिड -१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै लायन्स क्लब अफ चितवन लङ्कुको आयोजना तथा धर्मचोक बजार व्यवस्थापन समितिको सह-आयोजनामा आईतवार बिहान तपाईको ‘माक्स खोइ’? अभियान आयोजना गरिएको छ।
कोरोना भाईरसको यस्तो महामारिको समयमा पनि अधिकाङ्स मानिसहरूले स्वास्थ मापदण्डका सामान्य नियम सम्म पालना नगरेको पाईएकोले अभियान सञ्चालन गरिएको हो। भरतपुर महानगरपालिका वडा . न -४ धर्मचोकमा त्यस स्थान भएर माक्स नलगाई आवातजावत गर्ने सवारीसाधन र पैदलयात्रीहरुलाई माक्स लगाउन आग्रह गरिएको थियो। साथै मास्कको प्रयोग नगर्नेहरुलाई निशुल्क माक्स समेत वितरण गरिएको थियो।

Facebook Comments


























