साउन ३ । साताको पहिलो दिन आज आइतबार सुन तोलामा ६ सय रुपैयाँले घटेको छ। शुक्रबार तोलामा ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार ६ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यता चाँदी आज तोलामा २५ रुपैयाँले घटेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Facebook Comments


























