असार ३१ । कोरोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ११.३३ अंकको वृद्धि भएको छ। आज कारोबारको चार घण्टामा परिसुचक ११.३३ अंकले बढेर २८८३.३८ को बिन्दुमा पुगेको छ।
कारोबारमा आएका २२३ ओटा कम्पनीको ७३ हजार २७२ पटकको कारोबारमा ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयरको रू ८ अर्ब १४ करोड ३६ लाख बराबरको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ। आज उक्त कम्पनीले ३६ करोड ७० लाख बराबरको कारोबार गरेको छ। यस्तै, कारोबारका १३ उपसमुहमध्ये ६ समुहको शेयरमुल्य घटेको छ भने बाँकी ७ समुहको शेयरमुल्य बढेको हो।
Facebook Comments


























