काठमाण्डौं, माघ १३ । अभिनेता विराज भट्टर पूर्वमिस नेपाल तथा डेब्यु अभिनेत्री निकिता चाण्डकको फिल्म ‘साङ्लो’ को गीत सार्वजनिक गरिएको छ। आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा निशान भट्टराई र अञ्जु पन्तको स्वर छ। यस्तै गीतका शब्द निशान भट्टराईले नै लेखेका हुन् भने संगीत सुरेश अधिकारीले भरेका छन्
भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। भिडियोमा विराज र निकिताको रोमान्स देख्न सकिन्छ। माघ २४ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्म रिलिजअघि चर्चामा छ। फिल्ममा विराज भट्टको निर्देशन र निर्माणसमेत छ।
विराज र निकिताको शीर्ष भूमिका रहेको फिल्ममा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारले अभिनय गरेका छन्। यस्तै फिल्ममा अर्जुन जिसीको सम्पादन, श्री श्रेष्ठको एक्सन, शिवम् अधिकारीको लेखन रहेको छ।
फिल्मलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने एलिस कार्कीले पार्श्वध्वनि भरेका हुन्।


























