असार २९ । इटालीको रोममा युरोकपको खुसीयाली मनाउने क्रममा एक जनाको मृत्यु भएको छ। कयौं घाईत भएका छन्। आईतबार इङ्ल्याण्डलाई पराजित गर्दै इटालीले सन् २०२० को युरोकपको उपाधि उचालेको थियो।
प्रहरीका अनुसार सिसिली क्याल्लटागिरोनमा एक कार दुर्घटनामा २२ वर्षिया एक जनाको मृत्यु भएको छ। उनी विजय उत्सवमा सहभागी हुन टाउन सेन्टर गईरहेका थिए।
इटालीको वित्तिय राजधानी मिलानमा १५ मानिस घाईते भएका छन्। जसमा तीन जनाको अवस्था गम्भिर छ। एक जनाको अतिशबाजीको क्रममा तीन औला गुमेको छ।
इटालीले लण्डनमा सन् १९६८ पछि पहिलो पटक युरोकपको उपाधि उचालेको थियो। पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई ३–२ ले हराउँदै इटाली च्याम्पियन बन्यो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो। एजेन्सी
Facebook Comments


























