चितवन, असार, असार २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलालाई अप्रत्यासित भनेका छन्। अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनले ट्वीट गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो।’
उनले वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ भन्दै सर्वोच्चमा गोरू ब्याएको बताएका हुन्।
लिन नहुने निर्णय अदालतले लिएको आशय व्यक्त गर्दै उनले यसबाट मुलुकमा राजनीतिक फैसला, कार्यान्वनमा जटिलता र देश अस्थिरतामा फस्ने खतरा औँल्याएका छन्।
थापाले गरेको ट्वीट यस्तो छ :

Facebook Comments


























