असार २८ । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। गत आइतबार अघिल्लो हप्ताको शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार २०० रुपैयाँले घट्न पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने, चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँ कायम भएको छ। यता तेजाबी सुनको मूल्यसमेत सोमबार प्रतितोला २०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























