असार २७ । साउथको बहुप्रतिक्षीत फिल्म ‘आचार्य’ को दोस्रो चरणको छायांकन सुरु भएको छ।
फिल्मको जम्मा १० प्रतिशत मात्र छायांकन गर्न बाँकी छ । शनिवार निर्माण टिमले फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरेको थियो, जसमा अभिनेता राम चरण फिचर छन्। फिल्ममा उनी एक विद्यार्थी नेपालको भूमिकामा छन्। उनका पिता चिरञ्जीवीको पनि फिल्ममा मुख्य भूमिका छ। यसअघि उनीहरुले ‘ब्रुस लीः द फाइटर, कैदी न. १५०’ जस्ता फिल्ममा काम गरिसकेका छन्।
कोराटला शिवद्वारा निर्देशित फिल्ममा काजल अग्रवाल, सोनू सूद र पूजा हेगडेको पनि मुख्य भूमिका रहेको छ। फिल्मलाई यस वर्षको १३ मेमा रिलिज गर्ने तयारी गरिएको भए पनि कोरोनाका कारण सिनेमा हद बन्द भएपछि निर्माण टिमले रिलिज पोस्टपोन्ड गर्यो। लामो समयपछि पिता र छोराले एकसाथ स्क्रिन शेयर गरेका कारण दर्शकमाझ ‘आचार्य’ लाई लिएर निकै उत्सुकता छ। एजेन्सी


























