असार २७ । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार ९२ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य आज आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। महासंघका अनुसार चाँदीमा भने प्रतितोला १० रुपैयाँले वृद्धि भएर १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ। आज तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























