चितवन, असार २७ । माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन्।
श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आज बिहान साढे ९ बजे पसेका थिए। ह्युमपाइपभित्र पसेका श्रेष्ठ नफर्किएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस
Facebook Comments


























