असार २६ । गायक वेदु सारु मगरको स्वरमा रहेको गीत ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक भएको छ। सेन्टिमेण्टल भर्सनको गीतमा प्रेमवियोगको पीडा प्रस्तुत गरिएको छ। गीतमा गायक मगर र दिनेश सुवेदीको संयुक्त शब्द तथा गायक मगरकै संगीत रहेको छ। गीतमा दिक्षित पौडेलको संगीत संयोजन छ।
गीतको भिडियोमा सुधीर श्रेष्ठ र रोशनी कार्की फिचर्ड छन्। भिडियोमा पवन सुस्लिङ्गको छायांकन र सम्पादन तथा स्वर्णिम थापाको कन्सेप्ट र निर्देशन छ। भिडियोकी निर्माता सीता पोखरेल हुन्।
गायक मगरको आधिकारिक च्यानल वेदु सारु मगरमार्फत भिडियो सार्वजनिक गरिएको हो। ‘भ्वाइस अफ टिन’को विजेता गायक मगरले यसअघि ‘डोली पियारी’, ‘तिमी नै त हौ’ लगायतका गीत सार्वजनिक गरिसकेका छन्।
Facebook Comments


























