चितवन, असार २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३१६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यस्तै, २ हजार २३९ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसअघि हिजो १ हजार ८७५ जना संक्रमित थपिएकोमा आज सो भन्दा केही बढेको पाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६५७ जनाको पीसीआर परीक्षणबाट १ हजार ४७९ र ४ हजार ६५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७६० जना गरी जम्मा २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























