असार २५ । १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल नेदरल्यान्ड्सका रेफ्री बियोर्न कुइपर्सले खेलाउने भएका छन्। युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले फाइनलमा मुख्य रेफ्री कुइपर्स रहने जनाएको छ।
युरोकपको फाइनलमा इंग्ल्यान्ड र इटाली भिड्ने छन्। आइतबार राति हुने फाइनल खेल वेम्बली स्टेडियममा हुनेछ। ४८ वर्षीय कुइपर्स युरोकपको फाइनल खेलाउने पहिलो डच रेफ्री हुनेछन्। कुइपर्सले सातौं पटक युरोपियन प्रतियोगिताको फाइनल खेल खेलाउन लागेका हुन्।
यस अघि पनि उनले इंग्ल्यान्ड र इटालीबीचको खेल खेलाईसकेका छन्। सन् २०१४ को विश्वकपको समूह चरणमा इंग्ल्यान्ड र इटाली भिड्द कुइपर्स रेफ्री रहेका थिए। कुइपर्स सन् २००६ देखि रेफ्री गर्दै आईरहेका छन्। एजेन्सी
Facebook Comments


























